चितवन, मंसिर २९ । चितवनमा जारी गौतम बुद्ध कप टी–२० क्रिकेट प्रतियोगितामा आज पनि खेल हुदैछ। प्रतियोगिता अन्तर्गत आज राप्ती र नारायणीबीच खेल हुनेछ। राप्ती बिनोद भण्डारी तथा नारायणी सुवास खबुरेलको कप्तानीमा मैदानमा उत्रनेछ। राप्ती र नारायणी दुबै टिम फाईनलमा पुगिसकेकाले आजको नतिजाले दुबै टिमलाई कुनै असर भने पुर्याउने छैन। आजको खेल शिर्ष स्थानका लागि मात्र हुनेछ।
दुबै टोललीले पहिलो खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेकाछन् । नारायणीले पहिलो खेलमा बागमतीलाई सुपर ओभरमा पराजित गरेको थियो भने राप्ती पनि बागमतीलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो।
Facebook Comments


























