मंसिर २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ। आइतबार राति भएको खेलमा आर्सनल बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो। घरेलु मैदानमा पिएरे एम्रिक औबामियाङले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भएको हो। उनले खेलको ७३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए। उनको यो करियरकै पहिलो आत्मघाती गोल हो।
यस्तै खेलमा आर्सनल १० खेलाडीमा समेटिएको थियो। खेलको ५८ औं मिनेटमा ग्रानीट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो। आर्सनललाई पराजित गरेसँगै बर्नली रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ। बर्नलीले ११ खेलमा ९ अंक जोडेको छ । बर्नली १७ औं स्थानमा रहेको छ। आर्सनल १३ अंक जोडेर १५ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























