चितवन, मंसिर २८ । जय श्री ब्रम्हस्थानी सामुदायिक बन उपभोक्ता समूह राप्ती-३ झुरझुरेको १५ औ साधरण सभा आज सम्पन्न भएको छ। कोरोना भाइरस कोभिड- १९ को संक्रमणलाई मध्यनजर गर्दै हिजो (शनिवार) टोलटोलमा गई आम उपभोक्तालाई नीति तथा कार्यक्रम, भाबी योजना र प्रगति प्रतिबेदन सार्बजनिक गर्दै आज (आईतवार) समापन गरिएको हो।
समापन कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष राजकुमार उप्रेतीले कार्यक्रममा बोल्दै बनले धेरै राम्रो काम गरेको ,आम उपभोक्तालाई सन्तुष्ट पारेको र संरक्षण गर्ने काममा निकै अगाडि रहेको भन्दै सम्पुर्णमा धन्यवाद तथा शुभकामना ब्यक्त गरे।
विशिष्ट अतिथी डिभिजन बन कार्यलयका इलाका प्रमुख रमेश बस्नेतले जय श्री ब्रम्हस्थानी सामुदायिक बन संरक्षण र सम्ब्रधनमा अग्र स्थानम रहेको र अहिले सम्म आफ्नो छबिमा दाग नलागेको संस्था हो भन्दै गर्व गरे।
कार्यक्रममा समाजसेवी तथा बनका सल्लाहकार श्याम कृष्ण आर्चार्य, पुस्पराज ओलि, शिव कान्त ओलि, लेखा समिती सम्योजक रामेश्वरसिह ओलि, सल्लाहकार हेमराज ओलि, रामहरि पाठक ,टिकाराम ओलि, गोकर्ण बिशुन्के लगायत विभिन्न टोल बिकाश संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती थियो। साधरण सभामा उपभोक्ताहरुबाटै प्रत्येक बर्षको एसइइमा सामुदायिक बिधालय तर्फबाट उत्कृष्ट अङ्क ल्याउने एक जनालाइ सम्मान गरिदै आएकोमा यस बर्ष भने दिया श्रेष्ठलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सभापतित्व सामुदायिक वनको अध्यक्ष पबित्रा पाठकले गरेकी थिईन् भने सहजीकरण सचीव गोपाल बिश्वकर्माले गरेका थिए।


























