पर्वत, मंसिर २६ । वहुविवाह मुद्दाका फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। वहुविवाह मुद्दाका फरार प्रतिवादी फलेवास नगरपालिका-१ बस्ने ३२ वर्षीया गिता देवी पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत पर्वतको २०६२ जेठ २३ गतेको फैसलाले १ बर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरमा लुकीछुपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई जिल्ला अदालतमा पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
Facebook Comments


























