चितवन, मंसिर २६ । ईच्छाकामना गाउँपालिका-६ जलबिरेस्थित सडकमा बोलेरो दुर्घटनामा मृत्यु भएका दुवैजनाको सनाखत भएको छ। मृत्यु हुनेमा बोलेरो चालक इच्छाकामना गाउँपालिका-६ का ३० वर्षीय निर्मल गुरुङ र ५० वर्षीया खिमा कुमारी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले जानकारी दिए।
दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र अन्य ५ जनाको पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। उपचारत चारजनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।
आज बिहान ९ बजेर ५५ बजे जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडक साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएको प्रहरीले जनाएको छ। बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।


























