चितवन, मंसिर २६ । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित खहरे खोलामा ट्रक खस्दा दुई जना घाइते भएका छन्। रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति साढे २ बजेतिर खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका-२ का २६ वर्षीय साजन परियार र सहचालक सोही स्थानका २४ वर्षीय सुजन कँडेल घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको भरतपुरमा उपचार भइरहेको छ।
Facebook Comments


























