काठमाडौं, मंसिर २५ । बिहिबार नेपालमा थप १ हजार २१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ६४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६६३ पुगेको छ। यस्तै हालसम्म ५१५ जना क्वारेन्टिनमा रहेका छन्।
Facebook Comments


























