चितवन, मंसिर २५ । नेपालमा कोरोनाभाइरसका संक्रमितमध्ये २ लाख ३१ हजार बढी निको भएका छन्। बिहीबारसम्म कुल २ लाख ४५ हजार ६५० जना संक्रमितमध्ये २ लाख ३१ हजार ६०१ जना निको भएका हुन्। हाल देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्। अर्थात संक्रमितमध्ये ९४.२ प्रतिशत निको भएका छन्। अब सक्रिय संक्रमित दर ५.०४ प्रतिशत रहेको छ। यस्तै संक्रमितमध्ये १६६३ अर्थात ०.६८ प्रतिशतको मृत्यु भएको छ।
हालसम्म १८ लाख १३ हजार २०४ जनाको पीसीआर परीक्षण भएको छ।
Facebook Comments


























