मंसिर २५ । अष्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिग बास लिग आज (बिहिबार) बाट सुरु हुँदै छ। दसौं संस्करणको बिग बासको पहलो खेलमा होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्ससंग खेल्दै छ। होबार्टको घरेलु मैदानमा हुने खाल नेपाली समय अनुसार दिउँसोको २ जजे सुरु हुने छ। दुवै टिम सुखद सुरुवातको लक्ष्यमा रहेको छ। मैदान उत्रँदा सिड्नी मोइसेस अनारिकेजको कप्तानीमा रहने छ भने होबार्टको कप्तान सार्वजनिक गरिएको छैन।
दुई टिमको पछिल्लो पांच भेटमा होबार्ट हाबी भएको थियो। जसमा होबार्टले ३ खेलमा जित निकालेको थियो। एक खेल सिड्नी जित्दा एक खेल नतिजा विहिन बनेको थियो। नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस संस्करणको लिगमा होबार्टबाट खेल्ने छन्। तर आज हने खेलमा सन्दीपको उपस्तिथी हुने छैन। हाल सन्दीप नेपालमा रहेका छन्।
उनी डिसेम्बरको मध्यबाट बिग बासको लागि जाने छन्। जसमा उनले डिसेम्बरको सबै खेल गुमाउने छन्। यसअघि सन्दीपले २ पटक मेल्वर्न स्टार्सबाट खेल्दै आएका थिए। यसपटक सन्दीपले टिम परिवर्तन गरेका हुन्। ८ टिमको सहभागिता रहेने यस प्रतियोगिता दलब राउण्ड रोबिनको आधारमा हुने छ। फाइनल खेल सन् २०२१ को फेब्रुवरी ६ मा हुने छ।


























