काठमाडौं, मंसिर २४ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी विवेकशील नेपाली दल र साझा पार्टीबीच आज (बुधबार) दोस्रो पटक एकीकरण हुँदैछ।
विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी दुवै पार्टीबाट बराबर सहभागिता रहनेगरी मिलाइएको बताइएको छ। आज (बुधवार) बिहान १० बजे साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ।
साझा पार्टीका संयोजक रविन्द्र मिश्रका अनुसार अपरान्ह साढे ३ बजे भर्चुअल रुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको छ। पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो।
Facebook Comments


























