मंसिर २४ । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले रुसी क्लब एफसी क्रास्नोडारसंग बराबरी खेल्दै अंक बाँडेको छ। मंगलबा राति समूह ईको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। खेलमा अग्रता पाहुना टोली क्रास्नोडारले रेबेला काबिलाको गोलमा लिएको थियो। जोर्गिन्होले त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
प्रशिक्षक फ्राङ्क लाम्पार्डले गत हप्ता प्रिमियर लिगमा लिड्सविरुद्ध खेलेका १० खेलाडीलाई परिवर्तन गरेका थिए। उनले चोटबाट फर्किएका टिनो अन्जोरिन र मिडफिल्डर बिली गिल्मरलाई लण्डन क्लबमा अवसर दिएका थिए।
लण्डन क्लब सुरुवातमा बलियो देखिएपनि दोस्रो हाफमा रुसियन क्लब आक्रमक देखिएको थियो। चेल्सी यसअघिनै समूह विजेताको रुपमा नकआउट चरण पुगिसकेको थियो। सोही समूहको अर्को खेलमा स्पेनिस क्लब सेभियाले फ्रान्सेली क्लब रेनिसलाई ३–१ ले पराजित गर्यो। एजेन्सी


























