मंसिर २० । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आज राति लिड्स युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ। चेल्सीले घरेलु मैदानमा लिड्ससँग खेल्नेछ। चेल्सी र लिड्सबीचको खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ।
घरेलु मैदानमा चेल्सी लिड्सलाई हराउने लक्ष्यमा हुनेछ। तर, बलियो टिम लिड्सविरुद्ध चेल्सीलाई जित निकाल्न सहज भने हुने छैन। चेल्सी १९ अंक जोडेर तालिकाको तेस्रो रहेको छ। घरेलु मैदानमा लिड्सलाई हराएर चेल्सी शीर्ष स्थानमा उक्लन चाहन्छ। लिड्स भने १४ अंक जोडेर १२ औं स्थानमा रहेको छ।लिड्स चेल्सीलाई हराएर अंक तालिका सुधारको लक्ष्यमा हुनेछ।
यस्तै अर्को खेलमा एभर्टनले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ। दुई टिमबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ। एभर्टन १६ अंक जोडेर आठौं स्थानमा रहेको छ। ५ अंक जोडेको बर्नली रेलिगेसन क्षेत्रमा रहेको छ। एजेन्सी
Facebook Comments


























