चितवन, मंसिर २० । हिन्दुराष्ट्र र राजतन्त्रका समर्थकहरूले शनिबार चितवनमा प्रदर्शन गरेका छन्। हिन्दुराष्ट्र नेपाल र राजतन्त्रको माग गर्दै हजारौं समर्थकहरूले र्यालीमा सहभागिता जनाएका हुन्।
भरतपुरस्थित केन्द्रीय बसपार्कबाट सुरू भएको र्याली हाकिमचोक, चौबिसकोठी, नारायणगढ, आँपटारी, बाइपासरोड हुँदै पुनस् केन्द्रीय बसपार्क पुगेर टुंगिएको थियो। सहभागीहरुले सरकार, भ्रष्टाचार, गणतन्त्र, धर्मनिरपेक्षता र संघीता विरोधी नारा लगाएका थिए।

Facebook Comments


























