मंसिर २० । विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई एकपक्षीयरूपमा हराएको हो। उसले बंगलादेशलाई ५–० गोल अन्तरले हरायो।
कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे भने अब्दुलाजीज हेटमले एक गोल गरे। विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ।
ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ। सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ। एजेन्सी
Facebook Comments


























