काठमाडौं, मंसिर १९ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ६०० रुपैयाँ थियो भने बिहीबार बढेर तोलामा ९२ हजार ९०० रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार बुधबारको तुलनामा सुन तोलामा १६०० रुपैयाँले बढेको थियो। यस्तै शुक्रबार तेजावी सुन तोलामा ९२ हजार ४५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
Facebook Comments


























