उदयपुर, मंसिर १९ । उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा बम विष्फोट भएको छ। बिहिबार राति साढे १२ बजेतिर पुगेका तीनरचार जना ब्यक्तिले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चार वटा बम बिस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए।
कसले र किन बम विष्फोट गरायो भन्नेबारे केही पनि खुलेको छैन। ती व्यक्तिले खानीमा रहेका मजदुरहरुलाई गालीगलौजसमेत गरेको पाइएको दाहालले बताए। लगत्तै उनीहरूले विष्फोट गराएपछि मजदुरहरू आत्तिएर भागेका थिए। सोक्रममा चार जना मजदुर घाइते भएका छन्। विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ।
Facebook Comments


























