मंसिर १९ । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनल ‘ड्र’ सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो। सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्। पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ।
यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन्। दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ। फाइनल खेल अक्टोबर १० मा मिलानमा हुनेछ। त्यहिँ दिन तेस्रो स्थानको लागि समेत प्रतिस्पर्धा हुनेछ। एजेन्सी
Facebook Comments


























