मंसिर १८ । सिद्घार्थ बैंक लिमिटेडले बिहीबार काठमाडौंको नक्साल स्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु.एक लाख आर्थिक सहयोग प्रदान गरेको छ। सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक-भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गर्नु भएको हो।
उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ। विगत् ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पु¥याएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ।


























