जेष्ठ ७ । युरोपियन फुटबलमा लागेको दुई वर्षको प्रतिबन्धविरुद्ध इंग्लिस क्लबले म्यानचेस्टर सिटीले अपील गरेको छ।
सिटीले खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको हो। सिटीले गरेको अपीलको सुनुवाई आगामी जुन ८ देखि १० सम्म हुने बताईएको छ।
युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो। एजेन्सी
Facebook Comments


























