काठमाडौं, मंसिर १८ । काठमाडौंको बानेश्वरमा सन्जिव लामालाई खुकुरी हानेर भागेका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाँसबारी घर भएका अम्बिर लामा उर्फ अमिरलाई घटना भएको बाह्र बर्षमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए।
अम्बिर सहितका ५ जना मिलेर काभ्रेपलाञ्चोक स्थित शिखर अम्बोटे घर भएका सन्जिबलाई खुकुरी हानेर सख्त घाइते बनाएका थिए। सन्जिव अहिले विदेशमा छन्।
Facebook Comments


























