काठमाडौं, मंसिर १८ । नेसनल लाइफ इन्सुरेन्सको लाभांश संशोधन भएको छ। संशोधित लाभांश अनुसार अब लगानीकर्ताले १०.५३ प्रतिशत लाभांश पाउनेछन्। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १०५ बोनस र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यसअघि कम्पनीले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस दिने घोषणा गरेको थियो। कम्पनीले बिमा समितिको निर्देशन अनुसार लाभांशको दर परिमार्जन गरेको जनाएको छ।
Facebook Comments

























