काठमाडौं, मंसिर १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु छलफलमा जुटेका छन्। नेकपा सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
प्रचण्डसहित वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन्। आजको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आफ्ना पक्षका नेताहरुसँग प्रचण्डले छलफल गर्न लागेको स्रोतले जनाएको छ।
यसअघि मंगलवार नेकपा सचिवालय बैठक बसेको थियो। बैठकमा अध्यक्षद्वयले सचिवालय बैठकमा राखेका प्रस्तावको विषयमा छलफल गरिएको थियो। त्यसको निरन्तरतास्वरुप आजको बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
Facebook Comments


























