चितवन, मंसिर १६ । चितवनको भण्डारामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ। राप्ती नगरपालिका-४ भण्डारा स्थित लक्षमीनाराण चोकमा सोमबार राति सवा ११ बजे मोटरसाइकल र बस एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाईकल चालक मनहरी गाउँपालिका वडा-६ घर भई डडुवा बस्ने रोशन लामा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पूर्व बाट आउदै गरेको ना.४ ख.६७२८ नम्बरको बस र सोही दिसाबाट आउदै गरेको ना.२७ प.३९०६ नम्बरको मोटरसाइकल बसको पछाडी ठोक्किएको थियो।
दुघटनामा परि गम्भीर घाइते भएका लामालाई उपचारको लागि तत्कालै भरतपुरमा रहेको मेडिकल कलेज लगिएको भएिनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Facebook Comments


























