काठमाडौं, मंसिर १६ । सुनको भाउ मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९० हजार ५ रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९० हजार ५० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९० हजार रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५५० सय रुपैयाँ निर्धारण भएको थियो। चाँदीको भाउ प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको थियो।
Facebook Comments


























