कञ्चनपुर, मंसिर १३ । कञ्चनपुरमा ट्वाइलेटको सेफ्टी ट्याङ्की सफा गर्दा दुई जनाको ज्यान गएको छ। भीमदत्त नगरपालिका २ महुलियाकी सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्दा सेफ्टी ट्याङ्कीमा खसेर २ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
सेफ्टीट्यान्कीमा खसेको स्थानीयले थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले सेफ्टी ट्याङकीबाट दुवै जनालाई मृत अवस्थामा निकालेको प्रवक्ता थापाले बताए। उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।
Facebook Comments


























