मकवानपुर, मंसिर १३ । मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ। मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको हो।
दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। झोला छोडेर भागेका दुईजनाको खोजी भइरहेको प्रहरीले भनाइ छ।
Facebook Comments


























