मंसिर १० । रिलायन्स लाइफ इन्स्योरेन्स लि. को तेस्रो वार्षिकोत्सवको सु–अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको कर्पोरेट कार्यालय सहित देशभर रहेका छेत्रीय कार्यालय र शाखा/उप—शाखा गरी ११ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा ३७९ जनाले रक्तदान गरेका थिए।
हाल कोभिड—१९ बाट उत्पन्न विषम परिस्थितिमा चरम रक्त अभावलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको सु–अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सो रक्तदान कार्यक्रम देशभर संचालन गरेको हो। उक्त कार्यक्रममा कम्पनीका संचालक, शेयरधनी, रिलायन्स साथी, संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको राम्रो उपस्थिति रहेको थियो।
Facebook Comments


























