मंसिर १० । ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ।
फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई-पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो। यसमा निहित प्रमाणिक र सटिक कलर रिप्रडक्शन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनिय दृष्यानुभुति प्रदान गर्छ।
‘रंगले सिर्जनशिलताका लागि प्रेरित गर्नुका साथै यर्थाथप्रतिको हाम्रो दृष्टिकोणमै परिवर्तन ल्याउँछ। यही कुरालाई दृष्टिगत गर्दै हामीले कलर म्यानेजमेन्ट सिस्टमका हरेक पक्षलाई सुदृढ गर्दै दैनिकीमा उत्कृष्ट तथा उच्च गुणस्तरिय दृष्य पस्कने प्रयास गरेका छौँ’, ओपोका उत्पादन ब्यवस्थापक पाईले भने। ‘फाइन्ड एक्सटू प्रोको स्टेलर कलर परफरमेन्समा आधारित भई नयाँ फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम १०बिट ईमेज क्याप्चरिङ र एचईआईएफ फरम्याट सपोर्टका लागि विशेष सावधानी पूर्वक विकासित गरिएको हो। हाम्रा प्रयोगकर्तालाई त्रुतिरहित ब्यवस्गित रंगको अनुभव प्रदान गर्नु हाम्रो उद्देश्य हो। यसले कन्टेन्ट निर्माताका अन्वेषण, क्याप्चर र आफूलाई खुला रुपमा प्रस्फुटन गराउने कार्यमा तेवा पुर्याउनेमा हामी विश्वस्त छौँ।’
डीसीआई-पीथ्री, १०बिट एचईआईएफ विच, एन्ड टू एन्ड सपोर्ट गर्ने-फूल पाथ कलर म्यानेजमेन्ट सिस्टमले भिज्यूअल रिप्रेजेन्टेशनको सिमाना बढाउँछ।
भाविस्यमा ‘वाइड कलर गामुट’ र उच्च कलर डेप्थको ट्रेण्ड नियाल्दै ओपोको आरएण्डडी समूहले कलर रिप्रडक्शनका लागि आफ्ना सम्बन्धित प्रणाली र हार्डवेयरका क्षेत्रमा उल्लेख्य सुधार प्रस्तुत गरेको छ। सार्वजनिक नयाँ प्रणालीले छवि अधिग्रहण, गणना, एन्कोडिङ, सञ्चय, डिकोडिङ र अन्ततः १०बिट कलर डेप्थ र पीथ्री वाइड कलर गामुट सहित एचईआईएफ ईमेज सपोर्ट गर्ने गरी दृष्य सम्प्रेषण गर्छ।
ब्यवस्थापन प्रणालीका रुपमा फुल९पाथ कलर म्यानेजमेन्ट प्रणालीले उच्च कोटीको अल्गोरिथम र हार्डवेयर मार्फत दृष्य खिच्दादेखि नै रंग रेकर्ड गर्छ। ओपोको आरएण्डडी ईञ्जिनियरिङले विकृति सुधार, मल्टि-फ्रेम न्वाइज रिडक्सन र पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन लगायत क्षेत्रका अल्गोरिथममा ब्यापक विकास प्रस्तुत गरेको छ। साथै, ओपोले डिजिटल ओभरल्याप (डीओएल) एचडीआरपनि सपोर्ट गर्ने क्षमता राख्छ। डीओएल-एचडीआर प्रविधिले प्रेशित हुने छविमा एक्स्पोजरका विभिन्न अवस्थाको संश्लेषण गर्छ। यसले गर्दा अत्यधिक प्रकाश भएका स्थान लिइएका तस्विरमा समेत आकर्षक रंगहरु कैद हुन्छन्।
उत्कृष्ट दृष्य सम्प्रेषणका लागि सही हार्डवेयरका साथै क्यालिबरेशनको भुमिकापनि उत्तिकै महत्वपूर्ण हुन्छ। ओपोको स्क्रिन क्यालिबरेशन प्रक्रियाले ब्यवसायिक, डिजिटल फिल्म श्रेणीको रंग सटिकतालाई करिव ०.४ जेएनसीडी पु¥याउन सघाउँछ। यसले गर्दा स्क्रिनमा लगातार सटिक र उत्कृष्ट दृष्य सम्प्रेण हुन्छ। त्यसैगरी, ओपोको स्वामित्वमा रहेको अल्गोरिथमले डीसीआई-पीथ्रीको आवश्यकता अनुसार समायोजन गरी कलर स्पेशको केन्द्रमा डी६५ ह्वाइट प्वाइन्टका साथमा कलर गामुट अनुकुलताको सुनिश्चितता प्रदान गर्छ।
१०-बिट कलर डेप्थले कलर ग्राडियन्टमा थप सुधार ल्याई सिर्जना र पोष्ट एडिटिङका दौरान भिज्यूअल कन्टेन्टको गुणस्तर अझ आकर्षक देखाउन सघाउँछ। जेपीईजी तस्विरको करिव ५०५ मात्र साइज भएतापनि नयाँ शक्तिशाली एचईआईएफ फरम्याटले स्थिर तस्विर, ईएक्सआईएफ, डेप्थ ईन्फरमेशन र डायनामिक भिडियो लगायत विभिन्न किसिमका मल्टिमिडिया सापेर्ट गर्छ। यसले गर्दा प्रयोगकर्तालाई पर्याप्त सिर्जनात्मक स्वतन्त्रता प्राप्त हुन्छ। एचईआईएफ फरम्याटलाई थप विकसित गरी अल्ट्रा-हाई कलर डेप्थका लागि समेत अनुकुलता सुनिश्चित गर्न सकिन्छ।
आफ्नो स्मार्टफोनमा आफ्नै चाहना अनुसार कलर सेटिङ-ईमेजिङको भविस्यका लागि कलर करेक्शन समाधान
सन् २०१८मै ओपोको आरएण्डी समूह स्मार्टफोन प्रयोगकर्ताहरुले झेल्दै आइरहेको कलर सम्बन्धि कमजोरी बारे सजग भइसकेको थियो। यस कुरालाई दृष्टिगत गर्दै आफ्ना प्रयोगकर्तालाई दृष्यानुभवमा उत्कृष्टता दिने सोचका साथ समूह कलर करेक्शनमा माथि अन्वेषण गर्दै आइरहेको छ।
अब भने बृहत्त कलर करेक्शन सोल्यूशन प्रदान गर्दै ओपो एक कदम अगाडी बढेको छ। यसका लागि कलर विकनेश माथि बृहत्त मात्रामा क्वान्टिटेटिभ र क्वालिटेटिभ अध्ययन गर्दैै आफ्नो कलर करेक्शन सोल्यूशनलाई परिस्कृत गरी ओपो कलर करेक्शन सोल्यूशन २।० उपलब्ध गराएको छ।
हाल भने ओपोले जेज्याङ विश्वविद्यालयसंग सहाकार्य गर्दै कलर करेक्शनमा अझ सटिक समाधान उपलब्ध गराउन आफ्ना सम्भावित प्रयोगकर्ताहरु माझ कलर भिजन टेस्टको एक्यूरेट क्वान्टिफिकेशन गरिरहेको छ। विश्वविद्यालयका कलर एण्ड ईमेज साईन्सका प्राध्यापक डा.ल्यो मिंगले भने, ‘हामी हाल मानव कल्याणका लागि मानिसको ब्यक्तिगत पृथकता माथि बढी जोड दिइरहेका छौँ। यस आधारमा भविष्यको कलर करेक्शन प्रणाली अझ प्रयोगकर्ता केन्द्रित हुने निश्चित छ। आउँदा दिनहरुमा प्रयोगकर्ताहरुले आफ्नो आवश्कता र चाहना अनुसार स्मार्टफोनको प्यालेट मार्फट पृथक र ब्यक्तिगत चाहना अनुसार डिस्प्ले चयन गर्न र परिक्षण तथा परिमार्जन गर्न सक्नेछन्।’
नवप्रबर्तनका लागि खर्चेको लामो समयका कारण ओपो अहिले स्मार्टफोनका लागि कलर एक्स्प्रेशनमा नयाँ उचाई पाउन सफल भएको छ। फुल-पाथ कलर म्यानेजमेन्ट प्रणाली पहिलो पटक ओपोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्री सिरिज मार्फत उपलब्ध गराइनेछ।
आफ्नो प्रमाणिक, सटिक र ब्यक्तिगत कलर म्यानेजमेन्ट मार्फट ओपोले आफ्ना प्रयोगकर्तालाई सहज रुपमा विश्वको अनुभव गर्दै जीवनका पलहरु अझ रंगिनरुपमा कैद गर्न सघाउने उद्देश्य राखेको छ।


























