मंसिर १० । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि ५०० भन्दा बढी महिलाहरुको आवेदन प्राप्त भएको थियो। यही कार्तिक २८ गते उत्कृष्ट ५० को छनौट गरिएको थियो र अब त्यस मध्येबाट उत्कृष्ट १४ को छनौट भने भोटिङ्ग गरिनेछ।
यही मंसिर ११ गते बिहान १० बजेसम्म मिस युनिभर्स नेपालको एप वा खल्तीबाट भोटिङ्ग गरी आफूलाई मनपर्ने सहभागीलाई उत्कृष्ट १४ सम्म पुराउन सकिनेछ। यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो।
नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने छ। अविश्वस्नीय यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको छ। सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गिक विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ।

केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ। नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ।


























