मंसिर ९ । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे। खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए। बर्नलीको यो लिगमा पहिलो जित हो। बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ। क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























