काठमाडौं, मंसिर ८ । सभामुख अग्निप्रसाद सापकोटाले सांसद मोहनप्रसाद पाण्डेलाई शपथ खुवाएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले रिक्त रहेको स्थानमा स्याङ्जाका पाण्डेलाई सिफारिस गरेपछि पाण्डे सांसद बनेका हुन्।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई पठाएको हो। गत १७ कात्तिकमा सांसद केसीको निधन भएपछि पद खाली थियो।