मंसिर ८ । रुसका डानिल मेदभेदेब एटीपी फाइनल्स टेनिसको उपाधि जितेका छन्। लण्डनमा आइतबार राति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन्।
उपाधि जित्ने क्रममा चौंथो वरीयताका मेदभेदेबले ४-६, ७-६ (७-२) र ६-४ को सेटमा पराजित गरे। २४ वर्षीय मेदभेदेबको यो करियरकै सर्वाधिक ठुलो उपाधि हो। मेदभेदेबले यस प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीलाई पराजित गरे।
समूह चरणमा शीर्ष वरीयताका नोभाक जोकोभिचलाई हराउन सफल मेदभेदेबले सेमिफाइनलमा दोस्रो वरीयताका राफेल नाडाललाई हराएका थिए। थिमले पनि समूह चरणमा नाडाल र सेमिफाइनलमा जोकोभिचलाई हराएका थिए।
Facebook Comments


























