काठमाडौं, मंसिर ७ । सरकारले बलात्कारविरुद्धको कानुन थप कडा बनाउने भएको छ। त्यसका लागि मन्त्रिपरिषद् बैठकले अध्यादेश पारित गरेको छ। आइतवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको एक मन्त्रीले जानकारी दिए। आजको मन्त्रिपरिषद्को बैठकले पारित गरेको अध्यादेश प्रमाणिकरणको लागि राष्ट्रपति समक्ष पठाइएको छ।
Facebook Comments


























