मंसिर ७ । विश्व नम्बर एक नोभाक जोकोभिच र दोस्रो वरियताका राफेल नाडाल एटीपी फाइनल्स टेनिसको सेमिफाइनलमा पराजित भएका छन्। लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा जोकोभिच अष्ट्रियाका डोमिनिक थिमसँग पराजित भए।
३३ वर्षीय सर्बियन जोकोभिचलाई थिमले ७-५,६-७ (१०-१२), ७-६ (७-५) को सेटमा पराजित गरे। यस्तै दोस्रो सेमिफाइनलमा नाडाल रुसका डानिल मेदभेदेबसँग पराजित भए। स्पेनिस नाडाल मेदभेदेबसँग ३-६, ७-६ (७-४) र ६-३ को सेटमा पराजित भए। अब उपाधिका लागि मेदभेदेब र थिमबीच प्रतिस्पर्धा हुनेछ। एजेन्सी
Facebook Comments


























