काठमाडौं, मंसिर ५ । नेपाल टेलिकमले अटम अफर २०२० अन्तर्गत उपलब्ध गराइरहेका सुविधालाई परिमार्जन गरी थप आकर्षक बनाएको बताएको छ। टेलिकमले अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित परिमार्जन गरेको दाबी गरेको हो। परिमार्जित अफर मंसिर ५ गते शुक्रबार राति १२ बजेपछि लागु हुनेछ।
जसअनुसार प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो। त्यसमा २५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ।
यसैगरी ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ।


























