काठमाडौं, मंसिर ५ । शुक्रवार सुन र चाँदी दुबैको मूल्य घटेको छ। शुक्रवार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजावी सुन पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीवारको तुलनामा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ। एकदिन अगाडी छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीवारको तुलनामा चाँदी पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Facebook Comments


























