मंसिर ४ । इटाली नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनलमा पुगेको हो। अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे। इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो।
यस्तै बुधबार राति नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरे पनि फाइनलमा स्थान बनाउन सकेन। नेदरल्याण्डसका लागि ७७औँ मिनेटमा मेम्फिस डिपे र ८४औँ मिनेटमा जर्जिनिओ विनाल्डमले पेनाल्टीमा गोल गरे। पोल्याण्डले पाँचौँ मिनेटमा कामिल जोज्विकले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्यो। जितपछि नेदरल्याण्डसको ११ अंक भयो। एजेन्सी
Facebook Comments


























