चितवन ३ मंसिर । ओपाे फाेन कम्पनीले पहिलाेपटक ह्याण्ड सेट, ओपाे एक्स–२०२१, ओपाे एआर ग्लास–२०२१ र ओपाे साइवरियल एआर एप्लिकेशनकाे प्रदर्शन गरेकाे छ। ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा आयाेजना गरेकाे ओपो ईन्नो डे–२०२० मार्फत ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वर्ल्ड’ र ‘भर्च्युओस ईन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्री/एन/एक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्ने क्रममा उक्त एप्लिकेशन पनि प्रदर्शन गरेकाे हाे।
‘थ्री/एन/एक्स’ प्रविधि विकास नीतिमार्फत थप उत्कृष्ट उत्पादनको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रवर्तन पस्कने ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छनले विश्वास दिलाए। ओपोले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सबल बनाउन, वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको कल्पना व्यक्त गर्न सकून् भन्ने उद्देश्य लिएकाे उनकाे भनाइ छ। ‘एन’ले ओपोका एआई, सेक्युरिटी र प्राइभेसी, मल्टिमिडिया र इन्टरक नेक्टिभिटीलगायत आवश्यक क्षमताका संख्याको प्रतिनीधित्व गर्न सक्ने उनले बताए। साथै अग्रगामी धार र पृथक प्रविधि तथा रणनीतिक स्राेतकाे समेत प्रतिनीधित्व गर्ने उनले दाबी गरे।
ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपोको लचकदार डिस्प्ले र संरचनात्मक स्ट्याकिङअन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तरक्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतिक रहेकाे ओपाेका उपाध्यक्ष तथा रिसर्च इन्स्टिच्युटका प्रमुख लेभिन ल्यूले दाबी गरे। उनका अनुसार कन्सेप्ट ह्याण्डसेटले ओपोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, २-इन-वानप्लेट र स्व-विकासित र्याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ।
अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओपो एआर ग्लास–२०२१ मा कम्प्याक्ट र अल्ट्रा लाइट छ। यो उपकरण पछिल्लो संस्करणकाे तुलनामा ७५% हल्का रहेकाे उनले बताए। ओपो एआर ग्लास २०२१ मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबीक्यामेरा सहितको डाइभर्स सेन्सर जडान गरिएको उनले बताए।


























