काठमाडौं, मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा एक अध्यादेश जारी गरेकी छिन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले बुधवार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा सो अध्यादेश जारी गरेको उल्लेख छ।
Facebook Comments


























