मंसिर ३ । यूईएफए नेसन्स लिग फुटबलमा आज राति बेल्जियमले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछ। बेल्जियमले घरेलु मैदानमा डेनमार्कसँग खेल्नेछ। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति साढे १ बजे सुरु हुनेछ। घरेलु मैदानमा बेल्जियम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ। लिग ‘ए’समूह ‘बी’ को बेल्जियमले ५ खेलमा १२ अंक जोडेको छ।
समूहको शीर्ष स्थानमा रहेको बेल्जियमलाई बराबरीले समेत अर्को चरणको यात्रा तय गराउनेछ। यता, सेमिफाइनलमा पुग्न डेनमार्कलाई जितको विकल्प छैन। त्यसैले डेनमार्क बेल्जियमलाई हराउने योजनामा हुनेछ।
डेनमार्क ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ। यस समूहको अर्को खेलमा इंग्ल्यान्डले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। ७ अंक जोडेको इंग्ल्यान्ड तेस्रो र अंक विहीन आइसल्याण्ड पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























