म ज्ञानेन्द्रराज पाण्डे सरसफाई अभियानमा जव म २०६३ सालमा चितवनको रत्ननगर नगरपालिका–१० शुभ प्रभात टोल विकास संस्थाको अध्यक्ष भए। सरसफाई अभियान आफ्नो टोलबाट सुरु गरे।
रत्ननगर नगरपालिकाको (हाकिम) कार्यालय प्रमुखलाई भनेर कयौंपटक आफ्नो टोल र भन्दा बाहिर पनि सरसफाई गरियो। मैले जय वातावरण मैत्री महाअभियान नेपाल २०६३ भनेर संस्था खोले र संयोजक आफैं भए। २०७१ सालको गणतन्त्र दिवसमा म टोलको अध्यक्ष भएको टोल सरसफाई अभियानमा प्रथम भयो र पुनः २०७३ सालमा हाम्रो टोल प्रथम भएर रु ३०,००० (रु तीस हजार) नगद सहित पुरस्कार पायो र मलाई पनि रत्ननगर नगरपालिकाले सम्मान गर्यो। अनि विश्व सरसफाई सन् २०१८ र २०२० मा मलाई सम्मान गर्यो र साथै YOU ARE AWORLD HERO समेत भन्यो। २०७४ सालमा रत्ननगर–१० मा रहेको शुभ प्रभात टोल विकास संस्थाले टोललाई प्रथम बनाउन सफल हुनुभएको भनेर मलाई सम्मान गर्यो। २०६३ साल देखि २०७४ साल सम्म शुभ प्रभात टोल विकास संस्थाको अध्यक्ष समेत भए।

फोहोर मैला भन्नाले विशेष गरी मानव जातीलाई आवश्यक पर्ने वस्तुहरु घर, पसल, व्यवसाय, उद्योग, सवास्थ्य, शिक्षा जन्य क्षेत्रबाट निस्कने अनावश्यक बस्तुहरुलाई फोहोर भनिन्छ। जस्तै अर्गानिक, रसायनिक, स्वास्थ्यजन्य, प्लास्टीक जन्य, विद्युत्तिय, औद्योगिक जस्ता निर्माणजन्य फोहोरमैला लिन सकिन्छ। शहरि वातावरण ह्रास हुनुमा मुख्यत फोहोरमैला, वायु, जल, ध्वनी, दृष्य तथा स्थल प्रदुषण नै मानिन्छ। मानवजातीलाई सफा सुन्दर तथा सुविधायुक्त शहरमा बस्न मन पर्छ। विभिन्न कारणले गर्दा जलस्थल तथा वायुमण्डल दुषित हुदै गएको पाईन्छ। जस्को कारणले जलवायु परिवर्तन, हिमपातहरु पग्लदै जानु जस्ता प्राकृतिक प्रकोपहरु देखा पर्न थालेकोछ। फोहोरमैला व्यवस्थापन दिर्घकालिन सोचका साथ भईरहेको छैन। सबै प्रकारका फोहोर मैलालाई एकै ठाउँमा मिसाई संकलन गर्ने र उक्त फोहोरलाई अवैज्ञानिक ढंगले डम्प गर्ने प्रवृत्तिले गर्दा स्थानिय वातावरण नदीनाला, पानीको स्रोत तथा जैविक विविधतामा समेत असर पर्ने गरेको छ। फोहोर मैलाको कारण वायु र जल प्रदुषण हुन गई गाउँ, शहर क्षेत्रमा हैजा, आउँ, टाइफाइट जस्ता सरुवा रोगहरु बेलाबेलामा भईरहेको छ। फोहोर मैला व्यवस्थापन वैज्ञानिक तथा प्रभावकारी नहुदा स्वदेशी तथा विदेशी पयैटक तथा कुटनैतिक, दातृनिकायहरुले हेर्ने दृष्टिकोण र त्यस्ले अर्ततन्त्रमा पार्ने असर देशको पुर्वाधार विकास तथा समृद्धिमा लगाउनुपर्ने आर्थिक लगानी फोहोमैला व्यवस्थापनमा खर्चिर्नु पर्ने बाध्यता छ।
यस्का लागि सबै पक्षको प्रतिवद्धता र इच्छा शक्तिको खाँचो छ। विशेषगरी शहरी क्षेत्रमा बसोवास गर्ने सबै नागरिकहरुले आफ्नो घर आँगन, पसल, व्यवसाय, आदीबाट निस्किएका फोहोरहरु कुहिने फोहोबाट सकभर आफ्नै घरमा मल बनाउनुपर्छ। नकुहिने फोहोर जम्मा गरी हामीले बेच्न सक्छौ। फोहोरलाई मोहोर बनाउन सकिन्छ। मेरो फोहोर, मेरो दायित्व हो भन्ने सबैमा महशुश हुनु जरुरी छ। आजैबाट हामी सबैले जहाँपायो त्यही फोहोर नफाल्ने प्रतिवद्धता गरौं।
ज्ञानेन्द्रराज पाण्डे (संयोजक)
जय वातावरण मैत्री महाअभियान नेपाल
स्थापित २०६३
























