काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले पार्टी फुट तथा विभाजन जस्तो देश र जनतालाई धोका दिने, पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलाग्न चेतावनी दिएका छन्। स्थायी कमिटी सदस्य समेत रहेका नेता रावलले दुई अध्यक्षबीच शक्ति संघर्ष चर्किएको बेला यस्तो चेतावनी दिएका हुन्।
उनले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन्। उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्-‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो। बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’


























