मंसिर ३ । फिफा विश्वकप छनोट खेलमा ब्राजिल विजयी भएको छ। दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोलले पराजित गरेको हो।
उरुग्वेको घरेलु मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे। ३४औँ मिनेटमा अर्थरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ४५औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलका लागि दोस्रो गोल गरे। यसपछि दुबै टोलीबाट गोल भएन। जितसँगै शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ। उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























