कार्तिक ३० । कप्तान सर्जियो रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ। ५७औँ मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए। ८०औँ मिनेटको दोस्रो पेनाल्टी प्रहार असफल भयो। दुवै पेनाल्टी चुअकाउनुअघि स्वीट्जरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो।
घरेलु टोलीले २६औँ मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो। खेलको ८९औँ मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए। बराबरीले पनि स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने कायमै छ। स्पेन ५ खेलमा ८ अंकसहित समूह ए ४ मा दोस्रो स्थानमा छ।
Facebook Comments


























