कार्तिक २८ । न्युजिल्याण्डका ब्याट्सम्यान कोलिन मुन्रोले पर्थ स्कोर्चेसबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन्। पर्थले शुक्रबार विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान कोलिनलाई अनुबन्धन गरिएको जनाएको छ। ३३ वर्षीय कोलिनले पहिलो पटक पर्थबाट बीबीएल खेल्न लागेका हुन्। यस अघि कोलिनले सिड्नी सिक्सर्सबाट खेलेका थिए।
यस्तै पर्थले अर्का ब्याट्सम्यान जोए क्लार्कलाई समेत अनुबन्ध गरेको छ। नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ। यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेईङ सेटमा राख्न पाउने छन्। यस अघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाईने प्रावधान रहेको थियो। यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाईनेछ। एजेन्सी
Facebook Comments


























