काठमाडौं, कार्तिक २७ । अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगोलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै देश र जनताको हितमा लाग्ने बताएका छन्। देशको आवश्यकतालाई दृष्टिगत गरी कुटनीतिक पहल गर्ने समेत उनको भनाइ थियो।
बिहीबार संसदीय सुनुवाइ समितिमा उनले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्त्वपूर्ण भुमिका रहने बताए। ’नेपाली श्रमिकको पक्षमा पनि काम गर्छु, उनले भने, नेपाली विद्यार्थीका लागि अमेरिकामा कोटा बढाउन पनि मेरो भुमिका रहनेछ।’ नेपाल र अमेरिका बीचको सबै सन्धि सम्झौतालाई समझदारीपूर्वक देशको हितमा हुने गरी अघि बढाउन पनि आफूले भूमिका खेल्ने उनको भनाइ छ।
Facebook Comments


























