मुम्बई, कार्तिक २७ । ओटीटीमा आफ्नो सफलतापछि भारतीय कलाकार सैफ अली खानले आफ्नो पारिश्रमिक बढाएका छन्। बलिउडमा यी अभिनेताले एक हरर फिल्मका लागि तीन गुना बढी पारिश्रमिक लिएको चर्चा चलेको छ। केही वर्षायता सैफ अली खानको चर्चा एकाएक चुलिएको छ। उनी खलनायकको भूमिकामा देखिएको फिल्म ‘तान्हाजी’ मा उनको अभिनय रुचाइयो।
अजय देवगनको समेत शीर्ष भूमिका रहेको यो फिल्म सफल रह्यो। यो फिल्मको सफलतापछि सैफको व्यस्तता पनि बढेको छ। अर्कातिर सैफलाई ओटीटीमा पनि उत्तिकै रुचाइएको छ। डिजिटल प्लेटफर्ममा रिलिज भएका सैफका फिल्म र सिरिज दर्शकले रुचाएका छन्। ‘सेक्रेड गेम्स’ सैफको करिअरको गेम चेन्जर वेब सिरिज बन्न सफल भएको थियो। एजेन्सी
Facebook Comments


























