कार्तिक २४ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य सोमबार पनि ५ सय रुपैयाँले बढेको छ। शुक्रबारको तुलनामा आइतबार ५ सयले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको सुन सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनकी मूल्यमा समेत सोही दरले बढेको छ। आइतबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको छ।
आज चाँदीको मूल्यमा समेत १० रुपैयाँले वृद्धि भएको छ। आइतबार १ हजार २७५ मूल्यमा कारोबार भएको चाँदी सोमबार १ हजार २८५ मूल्य कायम भएको महासंघले जनाएको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Facebook Comments


























