काठमाडौं, कार्तिक २४ । सरकारले आज १७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण बोलकबोल मार्फत् उठाउँदै छ। त्यसको लागि नेपाल राष्ट्र बैंकले ट्रेजरी विल बिक्री गर्ने सूचना जारी गरिसकको छ। ट्रेजरी विल बिक्री सरकारको आन्तरिक ऋण लिने माध्यम हो। सरकारले चालू आर्थिक वर्षमा आन्तरिक ऋण नै २ खर्ब २५ अर्ब रुपैयाँ लिने जनाएको छ।
चालू आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँका बजेट ल्याएको सरकारले त्यसको स्रोत आन्तरिक ऋण नै २ खर्ब रुपैंया भन्दा बढि राखेको हो। आन्तरिक ऋण इतिहासमा नै सबैभन्दा धेरै उठाउने लक्ष्य सरकारले लिएको छ। कुल बजेटको लागि अन्य स्रोतमा राजश्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब उठाउने लक्ष सरकारको छ।
आन्तरिक ऋणको लागि आज जारी हुने ट्रेजरी बिलको लागि बैंक तथा वित्तिय कम्पनीको लागि बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो।
ट्रेजरीमध्ये पाँच अर्ब बराबरको बिल भने २८ दिनका लागि बिक्री गरिनेछ। उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ। यस्तै १० करोड बराबरको टे«जरी बिल ९१ दिनका लागि बिक्री गरिँदैछ।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










