कार्तिक २४ । एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका विवादास्पद टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीलाई महाराष्ट्रको तलोजा जेल पठाइएको छ। उनलाई अलीबागको कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट रायगढ जिल्लाको तलोजा जेल पठाइएको हो।
पिटिआईलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाएअनुसार न्यायिक हिरासतमा रहेका बेला मोबाइल फोन प्रयोग गरेको भेटिएपछि उनलाई जेल पठाइएको हो। पक्राउ परेपछि उनको मोबाइल जफत गरिए पनि अर्कै व्यक्तिको मोबाइल प्रयोग गरेर सामाजिक सञ्जालमा सक्रिय भएको पाइएपछि उनलाई जेल पठाइएको हो।
जेल लैजाने क्रममा उनले प्रहरी भ्यानमै कराएर अलीबागका जेलरले आफूलाई कुटपिट गरेको बताएका थिए। उनले आफ्नो ज्यान खतरामा रहेको र आफूलाई वकिललाई समेत भेट्न नदिएको बताएका छन्। एजेन्सी
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







